रोटरी क्लबको पिकनिक तथा धार्मिक–सांस्कृतिक यात्रा

दोस्रो दिन : एक अविस्मरणीय यात्रासंस्मरण

पहिलो दिनको रमाइलो हाँसोठट्टाले थाकेको शरीर रातको करिब ११ बजेसम्ममा निद्राको काखमा पुगिसकेको थियो।
बिहान, कोइलीको मधुर भाकासँगै जब आँखाका पर्दा खुले, मन एकाएक प्रकृतिसँग संवाद गर्न आतुर बन्यो। हातमुख धोएर हिमालका शृङ्खला देखिन्छन् कि भनेर कौसीतिर पाइला बढाएँ, तर बादलको घुम्टोले ती शिखरहरूलाई आफ्नो काखमा लुकाएको रहेछ। यद्यपि, तल फैलिएको भक्तपुर काठमाडौं उपत्यकाको दृश्य भने आफ्नै किसिमको सौन्दर्यले मन लोभ्याइरहेको थियो।

एक गिलास पानीले शरीरलाई ताजगी दिए पछि, बिहानको हिँडाइको तयारी सुरु भयो। सडकमा निस्कँदा हामी साथीहरू तीन दिशातिर छुट्टियौं
डा. हरिकृष्ण सर उहाँकी धर्मपत्नी सरिता म्याम पूर्वतिर लाग्नुभयो, डा. उदय शर्मा सर रानीकोट डाँडातिर उक्लनुभयो।
,  मेरी जीवनसंगिनी उर्मिला खड्का, सेक्रेटरी सन्ध्या राजभण्डारी, मित्र भक्ती पाठक उहाँकी श्रीमतीसँग लाकुरे भञ्ज्याङतिर हुइकियौं ।

त्यो सुन्सान वातावरण, स्वच्छ हावा, सल्लाका रुखहरूको मन्दमन्द सुसेली, बिहानी हरियालीले भरिएको दृश्यले मनलाई  आनन्द दियो
त्यही रमाइलो क्षणमा, भक्ती सर मैले डाँडाको छेउछाउमा एउटा सानोहोलिडे हाउसबनाउने सपना पनि बुन्न भ्यायौं। त्यहाँबाट काठमाडौं उपत्यकालाई नजिकबाट हेर्दा, त्यो आनन्द बेग्लै  थियो।

 

हामी पाँचै जना फोटो खिच्दै, टिकटक बनाउँदै रमाउँदै फर्किरहेका थियौं। बाटोमै अर्को समूह मन्दिरतर्फ लाग्दै गरेको भेटियो।
होटल फर्किएर ताजगी लिएपछि, सबैजना ब्रेकफास्टमा जुट्यौं। त्यो भीडमा मेरी १६ महिने नातिनी आन्या पनि आफ्नै संसारमा रमाइरहेकी थिइन्उनको मुस्कानले बिहानलाई झन् उज्यालो बनाइदिएको थियो।

फोटो सेसनसँगै ब्रेकफास्ट सकियो, अनि अन्तिमपटक त्यो ठाउँको आनन्द मनभरि बोकेर, झोलाझ्याम्टा सम्हाल्दै बसतर्फ लाग्यौं।
होटलको गेटमा बस हाम्रो प्रतीक्षामा उभिएको थियो। केही साथीहरू आफ्नै सवारीमा घरतर्फ लाग्नुभयो। मेरी नातिनी पनि छोरी श्रीमतीसँग घर फर्किइन्।
भने बाँकी साथीहरूसँग धार्मिक यात्रातर्फ अघि बढ्ने निधो गरेँ। कार्यक्रम संयोजक दामोदर सरलाई बिदाइ गर्दै, हाम्रो यात्रा पुनः अघि बढ्यो।

उकालोओरालो घुमाउरो बाटो हुँदै हामी आशापुरीतर्फ लाग्यौं। कतै पिच, कतै ग्राभेल बाटोतर साथीहरूको गफगाफले यात्रा सजिलो रमाइलो बनाइरहेको थियो।
तीन जिल्लाभक्तपुर, ललितपुर काभ्रेको संगमस्थल, दुई खोलाको दोभानमा अवस्थित शिवको पवित्र धाम आशापुरी पुगेपछि, मनमा एक प्रकारको आध्यात्मिक शान्ति अनुभूत भयो।

आशापुरी’—नाममै विश्वास छ। यहाँ सच्चा मनले मागिएको इच्छा पूरा हुन्छ भन्ने जनविश्वासले यसलाई अझ पवित्र बनाएको छ। साउन महिनामा अत्यधिक भीड हुने यस स्थानमा, हाम्रो यात्राको दिन भने शान्त निर्मल थियो   दर्शन, फोटो केही मधुर क्षणहरू समेटेर, हामी फेरि अर्को गन्तव्यडोलेश्वरतर्फ लाग्यौं।

डोलेश्वरतर्फको ओरालो झर्दै गर्दा, एक मोडमा हाम्रो गाडीले सानो समस्या बेहोर्यो। साँघुरो बाटोमा मोडिन नसक्दा, ब्याक गर्नुपर्ने अवस्था आयो। ओरालो बाटोमा त्यो प्रयास गर्दा केही साथीहरूमा चिन्ता देखियो।
तर हामी केही साथीडा. पार्थिवेश्वर सर, डा. उदय सर ड्राइभरलाई साथ दिँदै रह्यौं। करिब १० मिनेटको धैर्य प्रयासपछि गाडी सुरक्षित रूपमा मोडियो, सबैको अनुहारमा फेरि मुस्कान फर्कियो।

छिट्टै हामी डोलेश्वर पुग्यौं। त्यहाँको वातावरण भने बिल्कुलै फरक थियोभारतीय, विशेषगरी दक्षिण भारतबाट आएका दर्शनार्थीहरूको ठूलो भीडले मन्दिर क्षेत्र जीवन्त बनाएको थियो।
यो दृश्यले एउटा कुरा प्रष्ट पार्थ्योडोलेश्वरको महिमा सीमाना नाघेर धेरै टाढासम्म फैलिसकेको रहेछ।

हामीले डोलेश्वर आसपासका मन्दिरहरूको दर्शन गर्यौं। अन्त्यमा, तपोभूमि नेपाल च्यानलका लागि केही भजन  नृत्यको भिडियो कैद गरियो
इन्दिरा म्याम, डा. हरि सर, डा. पार्थिवेश्वर सर, गजब कुमारी म्याम, सन्ध्या म्याम लगायतले मन्दिर प्राङ्गणमा भजननृत्य गर्दै  एक छिन  रमाइलो गर्न पनि भ्याइयो ।

यसरी दिनभरका रमाइला क्षणहरू समेट्दै, हामी पुनः बसतर्फ फर्कियौं। घर फर्किने यात्रासँगै, दुई दिनको अनुभवको समीक्षा पनि सुरु भयो। सबैको एउटै प्रतिक्रिया थियोबसाइ, दृश्य, होटलको आतिथ्य, खानासबै कुरा उत्कृष्ट अविस्मरणीय।

यस्तो रमणीय स्थल छनोट गर्नुभएकोमा कार्यक्रम संयोजक दामोदर नेपाल सरप्रति हार्दिक आभार।
त्यस्तै, मिठो बसाइ स्वादिलो खानाका लागि होटल संचालक रामसुन्दर बकेज्यूलाई विशेष धन्यवाद।
कार्यक्रम सफल बनाउन अहोरात्र खटिनु भएकी सेक्रेटरी सन्ध्या म्यामप्रति कृतज्ञता।
सहभागी सम्पूर्ण रोटेरियन, परिवारका सदस्यहरू, विशेषगरी साना नानीहरूलाई पनि धेरैधेरै धन्यवाद।
कार्यक्रमलाई संगीत उत्साहले भरिदिनु हुने गायक मनोहरी थापा सरप्रति पनि हार्दिक आभार।
हामीलाई सुरक्षित रूपमा दुई दिन घुमाउनु हुने गुरुबा प्रेम भाइलाई पनि धन्यवाद।

यस वर्षको यो दुई दिने यात्रामन, मस्तिष्क आत्मामा अमिट छाप छोडेर गयो।
साँचै, यो केवल यात्रा मात्र थिएन, जीवनका केही अमूल्य क्षणहरूको संकलन थियो।

जय आशापुरी।
जय डोलेश्वर।







Comments

Popular posts from this blog

Rotary Club of Dillibazar Pays Tribute to Late Rotarian Saurav Pant

Table Tennis Tournament Organized by Rotary Club of Dillibazar Concludes Successfully

District 3292 Organizes Membership and Public Image Seminar in Lalitpur